धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट बहुमूल्य धातु जडित हिरा किनबेच गरिहेको आसंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
मंगलबार रामधुनी नगरपालिका वडा न १ बस्ने अमित कुमार चौधरीले संचालन गरेको रामधुनी ५ झुम्का स्थित निजकै मोटरसाईकल पार्टस् दोकानमा धातु हिरा ९डाईमण्ड० को खरिद विक्रीको लागि वार्गेनिङ गरी रहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इनरुवाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चौधरीका माईजु नाता पर्ने सरस्वती भन्ने दुस्खनी देवी चौधरीको घरबाट अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत अररीया जिल्ला भंगही बस्ने बर्ष २७ को मोहमद सरबर मिया। बिराटनगर ५ बस्ने बर्ष ३० को चन्द्र शेखर शर्मा,, सोही स्थानका बर्ष ३३ को सुनिल कार्की, बर्ष ४७ को पवन सोन, बर्ष ४० को शंकर केबट समेतका मानिसहरुले उक्त धातु बहुमूल्य दुर्लभ हिरा (डाइमण्ड० हो , यसलाई करोडौं पर्छ भनि जालपरीपन्च गरि बिश्वास दिलाई स्थानीयलाइृ डगी गर्ने तयारी गरिरहेको बेला पकाउ गरिएको हो ।
उनीहरुको साथबाट रातो बुट्टा भएको थैली भित्र सेतो रंगको प्लाष्टिकको जस्तो देखीने बट्टा भित्र सिसाको जस्तो देखिने लकेट रातो रङको रिवनले बाधिएको सो लकेट भित्र गोल्डेन रङको प्रिज्म आकारको बस्तु तरल पदार्थमा राखिएको अबस्थामा रहेको सो मा पियुर डामण्ड लेखिएको बस्तु, १० एक्स लेखिएको सिलभर रंङगको धातुको आइलेन्स उक थान, गहना परीक्षणको लागि प्रयोग गरिने सेण्ड पत्थर(१ थान प्रहरीले बरामद गरेको छ । उक्त डामण्ड १६ करोड पर्ने बताइएको छ ।
दुस्खनी देवी चौधरीको घरबाट धातुको लकेटको सिसा भित्र रहेको हिरा जस्तो देखिने बस्तु समेत बरामद गरिएको सुनसरी प्रहरी प्रवक्त डिएसपी ज्ञानेन्द्र फुयलले जानकारी दिए । पक्राउ परेका ६ जनलाई आज जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।