भण्टावारी / सुनसरी सदरमुकाम इनरुवाबाट दुईजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । जग्गाको नक्सा सुधार गरिदिने भन्दै सेवाग्राहीबाट घुस माग्ने नापी कार्यालय इनरुवाका दुईजना कर्मचारीलाई आज पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार नापी कार्यालय इनरुवाका सर्वेक्षक मागेन महतो र लेखापढी व्यवसायी रामनारायण पौदारलाई सेवाग्राहीबाट लिएको ११ हजार घुस रकम सहित मंगलवार अपराह्न ४ बजे रंगेहात पक्राउ गरिएको हो । उनीहरू दुवैजनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौ पठाइएको ढकालले जानकारी दिए ।
केही दिन अघि सशस्त्र प्रहरी पक्राउ परेका थिए ।