विराटनगर / १३ लाख ५० हजार रूपैयाँ चोरी गरी फरार भएका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई सोमबार बिराटनगर १ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान स्यामसुम कम्पनीको मोबाईल समेतबरामद गरिएको थियो । पक्राउ परेका कामतमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साढे १३ लाख चोरी गर्ने ६ दिन पछि पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































