धरान/धरान–८ तीनकुने चेकपोष्टबाट प्रहरीले एक युवालाई लागूऔषधसहित आइतबार साँझ पक्राउ गरेको छ ।
यात्रुबाहक बसमा चेकजाँच गर्दा धरान–२ का २३ वर्षीय सन्तोष शाहीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । झोलाभित्र लुकाएको अवस्थामा लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाइजेलाभ ७३ एम्पुल बरामद गरेको छ । शाहीलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।