धरान / बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले आज आत्महत्या गरेका छन । श्रेष्ठले काठमाडौंस्थित बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिएको थियो । चिकित्सकले उनलाई मृत घेषण गरेका थिए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा खरिदार थिए । सोही प्रकरणमा
अख्तियारले बयानमा बोलाएपछि आत्महत्या गरेको हुन सक्ने बताइएको छ । अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन । बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा लान मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको अख्तियारले दावी गरेको थियो ।
यसअघि ३ साउनमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।