सिरहा / इलाका प्रहरी कार्यालय मिर्चैयाले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.११ (प्रचिलवा) स्थित १९ बर्षीय मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा नंं.३ का २४ बर्षीय मो.जाकीर मंसुरी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेब खनालले जानकारी दिए ।
BR.32Q.1380 नम्बरको भारतीय मोटरसाइलकमा अबैध लामो हतियार बोकी घुमफिर गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक पुरुसोत्तम कार्कीको कमाण्डमा ७ जनाको खटिएका टोलीले मण्डल र मंसुरीलाइ नियन्त्रणमा लिएका थियो । दुबैको गतिविधीबारे थप अनुसन्धान भईरहेको डिएसपी खनालले जानकारी दिए ।