विराटनगर /  विराटनगर – १४ का समानन्द यादवको कुटपिटबाट मृत्यु भएको १७ दिन वितिसक्दा पनि घटनामा मुछिएका दुई वडा अध्यक्षसहित ९ जना आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा न्याय नपाएको पीडित पक्षले गुनासो गरेका छन् । मृतका श्रीमति र दुई छोराहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो गुनासो गरेका हुन् । 

  • यसरी भएको थियो घटना

विराटनगर १८ की एक किशोरीसँग समानन्दका जेठा छोरा राजेशको विवाह तय भएर तिलक स्वरूप ५० हजार दिए पछि केटा पक्षले विवाह गर्न अस्वीकार गरेको भन्दै कुटपिटको घटना भएको थियो । Mirtak ko chora la budi विवाह रोकिँदा सामाजिक रूपमा बेइज्जती भएको भन्दै केटी पक्षले जेठ ३२ मा गाउँका भलादमीसहित विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बोलाएको पञ्चायतमा विवाद बढ्दा समान्नद माथि कुटपिट भएको थियो । उपचारको क्रममा असार २६ गते राती ९ बजे विराटनगरस्थित कोशीअञ्चल अस्पतलामा समान्नदको मृत्यु भएको थियो ।

  • ९ जना विरूद्ध कर्तब्य ज्यान मुद्दा

कुटपिटबाट मत्यु भए पछि पीडित पक्षले असार १ गते घटनामा संलग्न विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादव, १८ का वडा अध्यक्ष सन्जय साह, वडा अध्यक्ष बलदेवका छोरा रविन, भतिज दिपेश, विराटनगर १८ का झोला यादव, विन्धेश्वर यादव, विरेशकुमार यादव, विराटनगर १४ का विजय भनिने शम्भू यादव र जहदा गाउँपालिका १ का दिनेश यादवसहित ९ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको थिए । जाहेरी दिएको १७ दिन वितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ गर्न नसक्दा न्याय पाउन नसकेको पत्रकार सम्मेलनमा मृतका छोरा राजेशले बताए ।

  • न्यायको आशा हरायो

‘बावुको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमा जाहेरी दिएको यतिका दिन भइसक्यो,’ मृतकका छोरा राजेशले भने, ‘अहिले प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्या आरोपीलाई पक्राउ नहुँदा न्यायको आश हराउँदै गयो ।’ मृतककी श्रमिति तन्दुलालदेवी यादवले श्रिमानको हत्या आरोपीलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको माग गरेकी छन् । ‘श्रीमानको कुटपिटबाट मृत्यु भएको १७ दिन भइसक्यो, गाउँमा पीडक पक्षले गिज्याउने गरेका छन् । खै मेरो मान्छेलाई पक्राउ गर्न सकिस भन्दै धम्की पनि दिन्छन्,’ उनले भनिन् । ज्यान मार्ने उद्योगमा मोरङ प्रहरीमा दिएको जाहेरीको आधारमा कुटपिटमा संलग्न भएकाहरूलाई प्रहरीले समयमै पक्राउ गर्न चासो नदेखाउदा घटनामा संलग्नहरू फरार भएको उनीहरू बताउँछन् ।

  • वडा अध्यक्षसहित सबै आरोपी फरार

यता मोरङ प्रहरीले आरोपी सबैको खोजी कार्य भइरहेको र नियन्त्रणमा आएपछि अनुसन्धान गरेर प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउंजुले बताए । वडाध्यक्षहरु भारततर्फ भागेको प्रहरीको अनुमान छ । ‘वडा अध्यक्षसहित सबै आरोपी फरार छन्,’ उनले भने, ‘हामीले सबै ठाउँमा खोजि सक्यौं कतै छैनन् ।’ वडा अध्यक्षसहित अन्य अरोपीहरूलाई खोजी गर्न मोरङ प्रहरीले सादा पोशकमा विशेष प्रहरी परिचालन गरेको छ । प्रहरीले उनीहरूको खोजी गर्न भारतसम्म पुगेका छन् ।