भद्रपुर । अवैधरूपमा भारततर्फ लैजाँदै गरेको २२ ओटा गोरु प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
भद्रपुरको सीमावर्ती क्षेत्रबाट चौपाया तस्करी हुने गरेको छ । यसअघि पनि पटक–पटक प्रहरीले चौपाया नियन्त्रणमा लिँदै आएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट गएको गस्ती टोलीले भद्रपुर–३ स्थित मेचीनदी बगर दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार दिउँसो १ बजे भारत तार्नेक्रममा सीमा क्षेत्रको दशगजा स्थानबाट १६ गोरु र ६ ओटा बहर पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घटनापछि पक्राउ गरिएका चौपायालाई १ लाख २० हजार बजार मूल्य कायम गरी भद्रपुर भन्सार कार्यालयमा बुझाइएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।