भद्रपुर/अवैध रुपमा भारत तर्फ लैजादै गरेको २२ ओटा गोरु प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट गएको गस्ती टोलीले भद्रपुर ३ स्थित मेचीनदी बगर दश गजा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विहीबार दिउँसो १ बजे भारत तार्नेक्रममा सीमा क्षेत्रको दशगजा स्थानबाट १६ गोरु र ६ ओटा बहर पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घटनापछि पक्राउ गरिएका चौपायालाइ १ लाख २० हजार बजार मूल्य कायम गरी भद्रपुर भन्सार कार्यालयमा बुझाइएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।