धरान/जिल्ला प्रहरी कार्यालय सुनसरीले मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

बुधबार रातको समयमा सुनसरी इनरुवा नगरपालिका–३ का अरुणकुमार चौधरीको को १८ प ७३६२ नम्बरको मोटरसाइकल चोरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहान मध्यपुरा वसन्तुपुर–१५ का १९ वर्षीय ओम भनिने एनिसकुमार चौधरी र इनरुवा–३ राजभरटोलका १९ वर्षीय बिपिन राजभरलाई बिहीबार बिहानको राति पक्राउ गरेको हो ।

उनीहरूले डो¥याउँदै जाने क्रममा चोरी भएको मोटरसाइकलसहित पक्राउ गरिएको जिप्रका सुनसरीको सञ्चार शाखाले जनाएको छ । उनीहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।