इटहरी /  इटहरीमा तास खुल्दै गरेको अवस्थामा ११ जना जवाडे पक्राउ परेका छन् । इटहरीमा होटल प्रयोग गरेर जुवा,तास खेल हुन थालेको भन्दै प्रहरीले कडाई गरे पछि उनीहरु पक्राउ परको हुन ।
इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार हलगडामा रहेको सुर्यदय होटलमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो । मुकुल काफ्ले,डोमी चौधरी,विदुर मिश्र,बहादुर कार्की,अमित लामा र गोपाल निरौला पक्राउ सहित ३५ हजार ८ सय ८० रुपैया बरामद गरिएको छ ।
त्यस्तै आज नै इटहरी ४ दिपक तामाङको घरमा शंकर खत्री,अम्बर गिरी, गोपाल थापा, रोहित घरे र दिपक तामाङसहित ४३ हजार रकम वरामद गरिएको प्रहरीले जनाएको छ ।
हिजो मात्र अनुसार इटहरी वडा नं. १ मा किरण दाहालले सञ्चालन गरेको काठ फ्याट्रीबाट तास खेल्दै गरेको अवस्थामा भोजबहादुर अधिकारी, रामबहादुर मगर,टाइसन लिम्बु, मणीराज राईं र प्रमोद गेलाललाई पक्राउ गरिएको थियो ।