दमक/ झापाकाे दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये सुरजको अबस्था गम्भीर रहेको र उनको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भै रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अर्का घाईते सुजनको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भै रहेको छ । झडप के कारणले भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।