धरान / धरान–६ स्थित विशालचोकमा आज सामान्य विवादमा एक युवकमाथि छुरा प्रहार भएको छ । आज बिहान साढे १० बजे धरान उपमहानगरपालिका ६ स्थित बिशाल चोकका ३२ बर्षीय काजीमान तामाङलाई सोही ठाउँमा डेरा गरी बस्ने १९ बर्षीय हाङकोप राई र सोइ स्थानका बसन्त लिम्बुले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनको दाहिने कोखामा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका तामाङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
हिलो छ्यापेको निउमा राईले छुरा हानेको बताइएको छ ।
घट्ना लगतै प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिको खोजी गरेको थियो । उनीहरूलाई भरखरै धरान–६ बाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।