धरान/भारतीय नागरिकको विभत्स तवरले हत्या गर्ने आरोपीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

जिप्रका सुनसरीले सोमबार साँझ नै हत्यामा संलग्न सुनसरी देवानगञ्ज गाउँपालिका २ का महानन्द मेहतालाई पक्राउ गरेको हो । उनले भारत बिहार राज्यको अररिया ग्राम पञ्चायत मानिकपुर–११ का ५५ वर्षीय बिलो यादवको सोमबार बिहान हत्या गरेका थिए । मृतक यादवको शव देवागञ्ज–२ स्थित रामजानकी मन्दिर नजिकै फेला परेको थियो । रिसिइबीका कारण हत्या गरेको खुल्न आएको छ ।

आरोपित मेहतालाई प्रहरीले सोमबार साँझ भाग्दै गरेको अवस्थामा पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको जिप्रका सुनसरीले जनाएको छ । मृतक बिलो आफ्नो छोरा बिवेककुमारलाई भेट्न नेपाल आएका थिए ।