धरान/लागूऔषधसहित धरान प्रहरीले तीन जनालाई बिहीबार रातको समयमा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले धरान–१० कलेज रोडबाट शङ्कास्पद हिँडिरहेको अवस्थामा १८ एम्पुल टिडी जेसिकसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–६ का २४ वर्षीय हर्क कालिकोटे, धरान–८ का २५ वर्षीय सन्तोष राई र धरान–१९ का २४ वर्षीय राहुल राई रहेका छन् ।

उनीहरूको साथबाट १८ एम्पुल लुपिजैसिक, १८ एम्पलु एभिल र १८ एम्पुल डाइजेल्याब बरामद गरेको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ । उनीहरूलाई शुक्रबार नै म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।