भोजपुर । भोजपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भेडाको बथान चराइरहेका षडानन्द नगरपालिका ९ किमालुङको निगालेका तेजिन्द्र बस्नेत खुकुरी प्रहारबाट घाईते भएका हुन । वस्नेतलाई बाटोमा हिँडिरहेका दुई जना युवाले गालीगलौज गर्दै खुकुरी प्रहार गरेपछि गम्भीर घाइते भएको भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बिहीबार साँझ टेम्केमैयुङ गाउँपालिका १ तिम्मामा स्थित मैयुङडाँडाको घोडटारमा भेडा चराइरहेका बस्नेत माथि बाटोमा हिँडिरहेका खोटाङको केपिलासगढी गाउँपालिका – १ घर भएका सुमन राई र सिंगराज राईले धारिलो खुकुरी प्रहार गरेको स्थानियले बताएका छन ।

जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि किन हात लगाएको भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले बताए। खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको राजवंशीले जानकारी दिए ।