देउराली । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मोटरसाइकल चोरी भएका खबर पाउनु अगावै मोटरसाइकलसहित चोर पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका वाडानम्बर ६ का मोहन रायको सोहि वाडामा रहेको रियाज होटल अगाडीकाे सडकबाट चोरी भएको २१ प ३६७० नम्बर मोटरसाइकल प्रहरीले चोरी भएको जानकारी पाउनु अगावै कार्यालयबाट खटिको क्युआरटीको टोलीले चोरसहित देवकोटा चाैकमा पक्राउ गरेको हो ।
मोटरसाइकल चोरेर भग्दै गरेका अर्जुनधारा नगरपालिका ५ बस्ने बर्ष १९का हरि राजवंशीलाई प्रहरी टोलीले शंकाको आधारमा पिछा गर्ने क्रममा मेचीनगर नगरपालिका वाडानम्बर ६ स्थित देवकोटा चैकमा रोकी चेकजाच गर्न खोज्दा राजवंशी माेटरसाइकल छाेडी भाग्न खोजको र उनको साथमा कुनै पनि कागजपत्र नभएका भेटिएपछि माेटरसाइकल चोरी गरेको हुनसक्ने आशंकामा माेटरसाइकलसहित राजवंशीलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी गोविन्द कुमार कार्कीले बताए ।
उनले 'भने हामीले नियन्त्रणमा लिएकाे केहि समयपछि मोटरसाइकल धनिले त्यही मोटरसाइकल चोरी भएको जानकारी गराउनु भयो र हामीले वहाँलाई मोटरसाइकल जिम्मा दिइसकेका छौ ।'
पक्राउ परेका राजवंशीमाथि चोरी मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताएका छन् ।
मोटरसाइकल चोरीका घटना आइरहने झापामा चाेरी भएको थाहाँ पाउनासाथ प्रहरीलाई जानकारी गराए प्रहरीले पक्राउ गर्न सक्ने डिएसपी कार्कीको भनाइ छ । उनले काँकरभिट्टाका विभिन्न स्थानमा २१ वटा सिसि क्यामरा भएको र अब अरु ६ वटा थपगरी नगरभित्रको गतिविधिमा निरानी राखी हुनसक्ने अपराधिक गतिविधिको नियन्त्रण गर्ने बताएका छन् ।