विराटनगर /  लगातार पाँच दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न खोलाहरूमा आएको बाढी, पहिरो र डुवानमा परि प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनले दिएको जानकारी अनुसार शुनिबार दिउँसोसम्म बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका ९ का १४ वर्षीय जनक बि.क., ओखलढुंङगा २७ गते चिसुङखुगडी गाउँपालिका ४ की ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली १ की ५० वर्षीया अञ्चला लावतीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।
खोटाङको खोटेहाङ गााउँपालिका २ मा आमासँगै बेपत्ता उनका दुई छोरा पनि मृत अवस्थामा फेला परेका छन् । २८ वर्षिया रेखा राई र उनका ४ वर्षिय छोरा रमन राई र ६ महिना छोरा रोहन राईको पहिरोले पुरिएर मृत्यु भएको हो । त्यस्तै झापाकोे दमक १० स्थित ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ । उदयपुर घर भई सुनसरीको इटहरी ५ बस्ने ३५ वर्षीय सागर थापाको पनि खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथर २७ गते मिक्लाजुङ गाउँपालिका ४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हज्दा, सुनसरी २६ बराहाक्षेत्र १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका २ मा अन्दाजी वर्ष २५÷३० को नामथर नखुलेको खोलाले बगाएर बेपत्ता भएका छन् । त्यस्तै सुनसरीमा एक, खोटाङमा एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिए ।