काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो । रासस