फत्तेपुर  । उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ । उदयपुरतर्फको बाँध फुटेका कारण बेलका नगरपालिका १– अम्बासीमा बाढी पसेको छ। सो स्थानका करिब १५० घर डुबानमा परेका छन् हजारौं बिघा खेती योग्य जमिन डुबानमा परेका छ्न ।

सप्तरीको सप्तकोसी नगरपालिका को हेडबान देखि तल तिरको त्रियुगा पुल मुनिको नयाँ निर्माण गरेको बालुवाको बाध फुट्ने अबस्थामा छ भने सानो क्षेत्रफलमा मात्रै बाँध फुटेको छ। सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमाको हेडबान पारुहाङ चौक एरियाका करिब १०० घरमा बाढी पसेको छ त्रियुगा नदिमा आएको बाढीले फत्तेपुरको नयाँ बजार सप्तकोसीको सिद्धिपुर सखुवनी बोची बनिगामा लगायत गाउँ पुरै ढुबानमा परेका छ्न ।

उता अ्माह , जुटपानी ,बादरखोपीलगायतका खहरे खोलामा आएको बाढीले खोरिया टोलका करिब ५० घर डुबानमा परेका छ्न। यदि वर्षा भइरहने र नदीमा पानीको बहाव बढ्ने हो भने त्रियुगाको सप्तरी तर्फको बाध फुट्ने खत्रा रहेको स्थानीय धर्म बहादुर खत्रीले बताए । 'यदि बाँध फुटयो भने सप्तकोसी क्षेत्रका हजाराैं घर डुबान पर्ने सम्भावना छ। यी दुवै क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरिसकेका छन्। उनीहरुले घरमा रहेका केही पनि सामान निकाल्न पाएका छैनन।-खत्रीले भने ।

वर्षा अझै जारी छ। उदयपुरको चुरे क्षेत्रअन्तर्गत रौता पोखरी हुँदै आउने त्रियुगा नदीको यस क्षेत्रसम्म आइपुग्दाको दूरी लामो छ। यदि चुरे क्षेत्रमा पानी पर्ने हो भने पनि नदीमा पानी बहाव बढ्छ। उद्धारका लागी इलाका प्रहरी कर्यलय कंचनपुरबाट डिएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा नेपाल प्रहरीको टोलि फतेपुर शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ।त्रियुगा नदि नियन्त्रणका लागी सम्बन्धित निकाएले ध्यान न दिदा यत्रो क्षेति भएको स्थानियले बताएका छन् । 

जलउत्पन्न प्रकोप तथा नदि नियन्त्रण कार्यलयबाट त्रियुगा नदि नियन्त्रणका लागी बजेट आए पनि स्थानीय उपभोक्त समितीले तेहि त्रियुगाको कमसल बालुवा हालेर बाध निर्माण गरेका कारण पानी गाउँ प्रबेश गरेको स्थानीय हरु बताउछ्न।

1 4 4 2 5 2 2 2 3 1