देउराली ।अविरल बर्षासंँगै आएको बाढिका कारण धरान उपमहानगरपालिका १५ र ५ जोड्ने सेउती खोलको निर्माणाधीन पुलको काम प्रभावित भएको छ ।
वर्षासंगै आएको बाढिका कारण केहि दिन अघि ढलाई सम्पन्न भएको स्ल्यापका सेटिङ्गहरु बगाउन थालेको छ ।

खोलामा आएको बाढिको आधा बढि पानी असार २५ गते ढलान गरिएको स्ल्यापको मुनिबाट बगेको छ । स्लाप निर्माण गर्नका लागी लगाइएको सेटिङ्गहरु ढलानलाई छोडी सकेको छ । 

लगभग २ महिना अघि मात्र काम सुरु गरेको पुल निर्माण कार्य इटहरीमा रहेको पुल आयोजना बन्द भएसंगै निरिक्षण गर्ने निकायको टुङ्गो समयमै नलाग्ननाले लामो समय निमार्ण कार्य रोकीएको थियो । सेउती खोलामा आएको बाढिका कारण स्थानियलाई आवतजावतमा समस्था उत्पन्न भएको छ ।

seuti1