भण्टावारी / सुनसरी र सप्तरीलाई जोड्ने कोशी व्यारेजको पानीको बहाव बढेर गएको छ । बिहान ८ बजेको मापन अनुसार २ लामख २६ हजार ७ सय क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुपले जनाएको छ ।
स्थानीयले प्रशासनले सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
पानीको दहाव बढेर गए पछि पूर्व पश्चिम आवत जावत गर्ने गाडीहरुलाई पालो पालो जाने व्यवस्था गरिएको ब्लाष्ट खवरका सुनसरी प्रतिनीधि मिकाइल आलमले जानकारी दिए । हिजौदेखि कोशी व्यारेजमा करताको संकेत रातो बत्ति बालिएको छ । आज ५५ वटा ढोका मध्य ३० वटा खोलिएको छ । दुवै तिरको नहर पनि खोलिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए ।
































