धरान । आफ्नै श्रीमानको हत्या गरी फरार रहेकी एक महिलालाई सुनसरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

वैशाख ८ गते इनरुवा नगरपालिका–७ बर्छवास्थित मुसहरी टोलका २४ वर्षीय मुकेश ऋषिदेवको हत्या गरी फरार रहेकी श्रीमती बिमलालाई पक्राउ गरिएको हो । हत्या गरी उनी भारततर्फ फरार भएकी थिइन् । तर, केही दिनयता घरमै आएको प्रहरीले सूचना पाएपछि सादा पोसाकमा खटिएका प्रहरीले असार २४ गते पक्राउ गर्न सफल भएको हो ।

उनी घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीको सञ्चार शाखाले जनाएको छ ।