कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बाँसखेडाका शिक्षकले कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको हिजो राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्जनपुर।ले जनाएको छ । । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको जानकारी दिएकाे स्थानीय पत्रकार माेहनकुमार विष्टले बताए ।  
उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई पक्राउ गरेको बताएका छ । प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
साथीसँग झगडा गरेको आरोपमा शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका छन् । कक्षा ९ मा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले जनाए ।  कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो ।

‘यता माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको बताएको छ ।