बिर्तामोड / नेपालमा प्रतिबन्धित नेटवर्किङ ब्यवसाय ‘ओरियन्स’ को प्रचार र ठगीमा संलग्न ३ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिकाको खुट्टेडाँगीबाट तुलसीपुर उपमहानगरपालिका –९ दाङका कृष्णासाही ठकुरी, त्रिवेणी गाउँपालिका रोल्पाका मेनुका घर्ती मगर, बर्दगोरिया गाउँपालिका कैलालीका चक्रबहादुर बोहोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
दाङका गायत्री थापा र वैतडीका धनबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय झापामा ठगीको उजुरी दिए पश्चात उनीहरुलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।