मोरङ / मोरङको सुन्दरहरैँचा नगरपालिका–१ कुमार गाउँमा बुहारीलाई जेठाजुले धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् ।
३६ बर्षीय नीरबहादुर नेपालले आफ्नै बुहारी सलिना नेपाललाई मंगलबार दिउसो जताभावी खुकुरी प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटना लगतै नीरबहादुर नेपाललाई इलाका प्रहरी कार्यालय विराटचोकले नियन्त्रणमा लिएको छ । घट्नाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
घाइते सलिनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।