इटहरी/ इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरको वाल डोजर लगाएर भत्काएका छन् । पछिल्लो समय आफ्नो घरको वालले थोरै बाटो छोएको भन्दै डोजर लगाएर आफ्नै घरको पर्खाल भत्काएका हुन् ।
इटहरी १७ को राजमार्गको घरको पर्खाल भत्काएका हुन । सडकमा पर्खाल परेको कारण आफ्नै घरबाट सुशासन शुरु गरेको मेयर द्वारिकलाल चौधरीले बताए । मेयर चौधरीले राजमार्ग सडक अतिक्रमण नगर्न व्यवसायीहरुलाई आग्रहसमेत गरेका छन् ।