इटहरी । सुनसरीको इटहरी स्थित आँपगाछीको यातायात कार्यलय अगाडि स्कुटर दुर्घटना भएको छ । इटहरीबाट धरानतिर जादँै गरेको स्कुटर आफै अनियन्त्रित भएर स्कुटर लडेको थियो ।
को ११ प ४२१६ नम्बरको स्कुटर दुर्घटना हुदा स्कुटर चालक इटहरी २ आँपगाछीका आवेश ढुङ्गाना घाइते भएको १ नम्बर ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाइते ढुङ्गानाको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरीले जनाएको हो ।
स्कुटी दुर्घटनामा एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































