उर्लाबारी / सामाजीक संजालमा भएको चिनजानका कारण उर्लाबारी नगरपालिका–१ मा एक दलित युवती माथि अनुचित कार्य गर्ने एक युवकलाई पक्राउ गरीएको छ ।
इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले सामाजीक संजालमा भएको चिनजानको फाइदा उठाएर दलित युवतीलाई अनुचित कार्य गरेका प्रहरीले बताएको छ ।
राईले युवतीलाई घर नजिकै शुक्रबार राति एक्लै भएको मौका छोप्दै एकान्त स्थानमा बोलाएर झाडीमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताएका छन । अनुचित कार्य पछि फरार बनेका राईलाई आईतबार प्रहरीले पक्राउ गरी कार्यवाही अगाडी बढाएको जनाएको छ ।
अनुचित कार्यको प्रतिरोध गर्दा असक्त बनेकी युवती प्रहरी र स्थानीयले उद्धार गरेर टाउको र शरीरका विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि बिराटनगरमा उपचार भइरहेको ईस्पेक्टर तिमल्सिनाले बताएका छन ।