बिर्तामोड । झापाको मेचीनगरमा महिलामाथी आक्रमण गरेर मरणासन्न बनाउने दुईजना पुर्पक्षका लागि थुनामा गएका छन् ।
गत बैशाख ८ गते राती मेचीनगर १० धुलावारीमा रहेको पीडितको घरमा धारीलो हतियार प्रहार गरेर आरती चौहानलाई गम्भिर घाइते बनाएका थिए । घटनामा संलग्न नवराज गिरी र सुरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
घाइते चौहानको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको समयमा गिरी र श्रेष्ठले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका थिए । झापा जिल्ला अदालतको आदेशले गिरी र श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान भएको एसपी दिनेश मैनालीले जानकारी दिए ।