संखुवासभा । संखुवासभाकाे होयङ्ला भन्ने ठाउमा असार १६ गते प्रहरीलाई लक्षित गरी गोली फायर चलाउने विप्लप माओबादीका कार्यकता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुसभाकाे गस्ती टाेलिले ओखलढुंगा चिशंखुगढी गाउँपालिका-७ का निम दोर्जी तामाङलाई संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बाट मंगलबार पक्राउ गरेकाे हाे । पक्राउ परेका तामाङकाे साथबाट एसएलआर एक थान, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका तथा एलएमजि राईफलको २० राउण्ड गोली सहित म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड फेलापारेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएकाे छ ।
तामाङ विप्लप माओबादीका जिल्ला स्तरीय कार्यकता भएकाे बताइएकाे छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाईएको छ ।