भण्टावारी । सशस्त्र प्रहरीले कोशी गाउँपालीका ७ हरिपुरबाट २ सय केजी गाँजा बरामद गरेको छ । मंगबालर राति सशस्त्र प्रहरी बल बिओपी लाहीबाट ईन्स्पेक्टर रुपक नापितको कमान्डमा खटिएको टोलिले २ सय केजी गाँजा बरामद गरेको हो ।
ईन्स्पेक्टर नापितका अनुसार सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले भारततर्फ चारवटा बोरामा गाँजा लादै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीलाई देखेपछि तस्करहरु गाँजा छाडेर भागेको नापितले बताए । सुनसरीको विभिन्न नाकाहरु हुँदै पछिल्लो केहि समययता भारततर्फ गाँजा, रक्सीको तस्करी बढेको देखिन्छ ।
लागूऔषध ओसारपसार, चोरीपैठारी तथा अपराधीक क्रियाकलाप नियन्त्रण गर्न कोशी गाउँपालीका स्थित लाहीमा ४ महिनाअघि नयाँ बिओपीको स्थापना गरिएको हो । कम समयमा धेरै पैसा कमाईने गलत मानसिकताका कारण ग्रामीण भेगका युवापुस्ता गाँजा,लागूऔषध ओसारपसार तथा अपराधीक क्रियाकलापमा संग्लन हुने गरेको ईन्स्पेक्टर नापितले बताए ।
चोरीपैठारी तथा अपराधीक गतिविधि न्यूनीकरण गर्न सशस्त्र प्रहरीले भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरेको उनले बताए ।