Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • सेवा आयोगका अध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुदा

सेवा आयोगका अध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुदा

alt
  • असार १८, २०७६
  • रासस
 
काठमाडाै‍ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्रीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अभियुक्तले विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ वटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेका थिए ।
अख्तियारका अनुसार शाखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएका थिए ।
अनियमितताको पराकाष्ठा
आयोगका अनुसार एक जना परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा चार अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अङ्क थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क थपेर मेरिटमा ल्याएको गरी चार जनाको अङ्क थपेर उत्तीर्ण गराएको पाइएको छ । त्यसैगरी एक जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाइ अनुत्तीर्ण गराएको र अर्को एक जना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको पाइएको छ । लेखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक जनाको द्वितीय पत्रमा ९ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा ७ अङ्क थपी मेरिटमा पारेको जनाइएको छ । त्यसैगरी अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ३ अङ्क थपेको र संपरीक्षण गर्ने परीक्षकले ९ अङ्क घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको गरी सात जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको आयोगले जनाएको छ । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अङ्कसम्म थप गरी उत्तीर्ण गराइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सहायक कानुनी सल्लाहकार पदको लागि पदसंख्या १ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अङ्क थपी पाँचौँलाई पहिलो मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा २ अङ्क घटाई दोस्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीयपत्रमा ८ अङ्क घटाई पहिलोलाई दोस्रो मेरिटमा पारी तीन जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको छ ।
यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा अङ्कसम्म थपघट गरी नतिजामा फेरबदल गरी यी तीनजनामध्ये एक जना ३७ अङ्क आएकोलाई १५ अङ्क थपिदिएर ५२ पु¥याएको र अन्य दुई जनाको प्राप्ताङ्क घटाई ५० मा झारेको भेटिएको छ । मुख्य लेखा सहायक पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक जना परिक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको गरी छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको छ । यीमध्ये एक जनाको प्रथम र दोस्रो दुवै पत्रमा अङ्क थपेको पाइयो भने अन्य पाँच जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्कसम्म थपघट गरी नतिजा फेरबदल गराएको पाइयो ।
यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको आयोगले जनाएको छ । मुख्य कार्यालय सहायक पदका लागि कूल पद सङ्ख्या १२ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी उत्तीर्ण गराएको पाइएको छ ।
त्यसैगरी अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ५ र संपरीक्षकले ११ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा संपरीक्षकले २२ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको परीक्षकले ५ पटकसम्म अङ्क सच्याइ फेललाई उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको संपरीक्षकले १० अङ्क घटाई मेरिटमा नपारेको गरी ११ जनाको उत्तर पुस्तिकामा शङ्ककास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको ।
यीमध्ये दुई जनाको प्रथम र दोस्रो दुवै पत्रमा अङ्क थपेको पाइयो भने अन्य आठ जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अङ्कसम्म थप गरी नतिजा फेरबदल गराएको पाइएको छ । एक जनालाई १० अङ्क घटाई नियतबस मेरिटबाट हटाई अनुत्तीर्ण गराएको देखिन आयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको जनाइएको छ । कार्यालय सहायक पदका लागि कूल पदसङ्ख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अङ्क थपी मेरिटमा ल्याई दुई जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अङ्कसम्म थप गरी नतिजा फेरबदल गराएको पाइयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको छ । उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कूल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा शुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरीपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको छ ।
 
उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कूल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा शुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिइएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख हुँदा हुँदै त्यसविपरीत परीक्षकले जथाभावी अङ्क केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तीर्ण भएका परीक्षार्थीका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङपश्चात् पास गराउनुपर्ने व्यक्तिलाई तिनीहरुका उत्तरपुस्तिकामा अङ्क थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टि भएको छ । केरमेट गरिएकामा पनि अधिकांश उत्तरपुस्तिकाको शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, केरमेट भएकामा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकामा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता तथ्यले परीक्षकले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न नसकी अनियमिततामा संलग्न भएको स्पष्ट भएको आयोग उल्लेख गरेको छ ।
परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तर पुस्तिका रुजु गर्दा कुनै त्रुटि देखिएमा वा शङ्कास्पद लागेमा त्यस्ता उत्तर पुस्तिकामध्ये सबै वा त्रुटि देखिएका उत्तरपुस्तिकाको संपरीक्षण गराउने र सामान्य तया कम्तीमा ३३ प्रतिशत उत्तर पुस्तिका संपरीक्षण गराउनुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग, सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ मा भएको व्यवस्थाविपरीत शङ्कास्पद सबै वा रुजु गर्दा त्रुटि देखिएका उत्तरपुस्तिकाको संपरीक्षण नगराएको र ३३ प्रतिशत उत्तर पुस्तिका संपरीक्षण गराउनुपर्नेमा केही मात्र उत्तरपुस्तिकाको संपरीक्षण गराएको भेटिएको छ ।
आयोगको आन्तरिक कार्यविधि दफा १८ मा भएको व्यवस्थाबमोजिम परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका निश्चित आधारमा रुजु गराउने र रुजु गर्दा केही छुट देखिएमा सम्बन्धित परीक्षकलाई नै बोलाइ सच्याउन लगाउनुपर्ने, कथंकदाचित सम्बन्धित परीक्षक उपलब्ध नभएमा संपरीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनुपर्नेछ भन्ने स्पष्ट व्यवस्था हदाहुँदै यसका बाबजुद आयोगद्वारा उत्तरपुस्तिका रुजु गराइएको कुनै आधिकारिक निर्णय नदेखिएको, रुजु गरिएको अङ्क पेन्सिलले लेखिएको पाइएको र रुजु गर्दा छुट देखिएको अङ्क सम्बन्धित परीक्षक वा सम्परीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनुपर्नेमा त्यसो नगरी आयोगले कुनै आधिकारिक निर्णयबिना सोझै लेजरमा सारी नतिजा प्रकाशन गरिएको देखिँदा रुजु गर्ने काममा समेत त्रुटि भएको अख्तियारले जनाएको छ ।
सेवा आयोगद्वारा लिइएको उक्त विज्ञापनअन्तर्गतका प्राविधिक तथा प्रशासनिकतर्फका विभिन्न १६ पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदका स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षा सञ्चालनतर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ र डिकोडिङ, परीक्षण, संपरीक्षण, रुजुलगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितता भएको भेटिएको छ ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क