धरान / सुनसरीको बराह क्षेत्र नगरपालिका–१ बाट लागु औषधसहित एक युवा मंगलबार राती पक्राउ गरेका छन् ।
स्थानीय २द्द बर्षीय आषिश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी घाटबाट घर तर्फ आउदैं गरेका राईलाई चेकजाँच गर्दा २४७ क्याप्सुल स्पास्मो प्रोक्भिन प्लस र २ सय ग्राम गाँजासहित पक्राउ गरिएको हो । बुधबार नै जिल्ला अदालतमा म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।