सुनसरी/ सुनसरीको दुहवी नगरपालिका-१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका-६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान गाउँपालिका-५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका-३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैचा-१ थान, कालो कपडा १ थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।