सर्लाही / सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागेर एकजना प्रर्दशनकारीको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर स्थानीय देवान महताको मृत्यु भएको स्थानीयले बताएका छन् । घटनामा दुईजना प्रदर्शनकारी र नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
बालक मृत्युको विषयलाई लिएर दुई पक्षबीच झडप बताइएको छ । सर्लाहीको ईश्वरपुरमा केही दिनअघि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिएका थिए । हत्यारा पत्ता लगाउन माग गदैं आक्रोसित स्थानीयहरु प्रर्दशनमा उत्रिएका थिए । स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले दावी गरेको छ ।