धरान / धरान उपमहानगरपालिका १४ स्थित तुर्केमा हिजो राती चुरा प्रहारबाट एक जना युवा घाइते भएका छन् ।
स्थानीय २०बर्षीय रञ्जित तामाङ माथि छुरा प्रहार भएको हो । सोही ठाउँका १९ बर्षीय पारुहाङ राई र टुईके भनिने राजकुमार तामाङले छुरा प्रहार गरेको अस्थायी प्रहरी पोष्ट धरान १५ ले जनाएको छ ।राजकुमार तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । अर्का पारुहाङ भने फरार रहेका छन् । घाइते तामाङको धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको छाती र ढाडमा चोट लागेको छ ।
धरानमा फेरी छुरा आतंक, छुरा प्रहारबाट एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































