पथरी / विप्लवका दई कार्यकर्ताहरुलाई आज साँझ कानेपोखरीबाट हतियारसहित पक्राउ गरेको छ । मोरङ विराटचोकका अशाेक राई र कानेपोखरीका कंङ्से धिमाललाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुईथान पेस्तोल, ४ थान म्यागजिन र १३ थान गोली बरामद गरेको छ । उक्त हतियार कानेपोखरी –६, दहीदापको कंङ्से धिमालको घरबाट लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो ।
उनीहरु दुवै जनालाई बेलबारीको धरररा भन्ने ठाउँबाट फर्कने क्रममा प्रहरीले कानेपोखरीबाट पक्राउ गरेको थियो । हतियारसहित रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।