पथरी / पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी गाउँपालिका वडा नं. ७ स्थित छधारेमा यात्रु बसले ठक्कर दिदा एक जना साइकल यात्रीको ज्यान गएको छ ।
आइतबार विहान इलामको दानाबारीबाट धरान जार्दै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबाहक बसले ठक्कार दिदा सुनबर्सी नपा–२, स्थित अमरदहका ३५ बर्षीय भीम मोचीको घटना स्थलमै मृत्यु भएको हो । साइकलमा सोही दिशा जार्दै गरेको मोचीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए ।
बस चालक प्रदिप श्रेष्ठ र बस इप्रका पथरीको नियन्त्रणमा रहेको छ । मोचीको शव पोष्टमार्टमको लागी मंगलबारे अस्पताल लगिएको छ ।
यात्रु बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































