गाइघाट / उदयपुरको कटारी ४ स्थित मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या गरिएको छ । स्थानीय लक्ष्मी राईको हत्या भएको प्रहरीले जनाएको छ ।
श्रीमान्ले कान्छी श्रीमती ल्याए पश्चात छुट्टिएर बसेकी ३० बर्षीय सीता राईले आफ्नै सौता लक्ष्मीको हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
श्रीमानसंग छुट्टीएर बेग्लैै बस्दै आएकी सीताले सौतालाई घरमै बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको पाइएको घट्ना स्थल पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ । हत्यामा संलग्न सीतालाइृ पनि तत्काल प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।