सुनसरी । धरान उपमहानगरपालिका वार्ड नम्वर ६ पानवारीमा नेपाली काँग्रेसले पूर्वाधार विकास विभाग तथा समन्व्य समिति गठन गरेको छ ।

उपमहानगरपालिका र अन्य सरकारी निकायबाट हुने कामको अनुगमन तथा आएको योजना प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सो समिति गठन गरेको लोकनाथ सुबेदीले बताए । भूपाल राईको संयोजकत्वमा गठीत समितिको सह संयोजकमा बिरबहादुर कार्की रहेका छन् ।

समितिका सदस्यहरुमा रुपेश भट्टराई, डिल्लीराम गौतम, गिता लिम्बु, प्रेम राई, पृथ बिष्ट, तारा कटुवाल, प्रकाश तामाङ, गिता खनाल र हेम पौडेल रहेका छन् । वार्ड नम्वर ६ का सभापति पदमबहादुर पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो समिति गठन गरेको वार्ड समितिले जनाएको छ ।