विराटनगर / नेपाल र भारत दुवै देशको नागरिकता लिनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दोहरो नागरिकता लिएको आरोेपमा ३० वर्षीय चन्दनकुमार दासलाई आइतबार पक्राउ गरेको हो । उनी विराटनगर – १५ मा बस्दै आएका थिए ।
विराटनगर १९ वाट २०६३ चैत्र ३० गते जन्मको आधारमा नागरिकता लिएको देखिएको छ ।
अखिल कुमार दासलाई बावु बनाएर उनले नागरिकता लिएको खुलेको हो । बाबुराम पोखरेलको हस्ताक्षर रहेकोे ०५३०८४/२९३ नम्बरको नेपाली नागरिकता दाससँग रहेको देखिएको छ । पक्राउ परेका दाससँग भारतीय आधारकार्ड पनि छ । उनले भारत विहार राज्यबाट लिएको आधार कार्ड ग्राम नगर हरिपुर –९ पोष्ट हरिपुर थाना फारविसगज अनुमंडल अररिया जिल्लाबाट पनि नागरिकता लिएका देखिएको छ । उनले लिएको आम आदमीका अधिकार भन्ने कार्डको नम्बर ३३६१९५८६६१३७ छ । बुवाको नाम नेपाली नागरिकता र भारतीय अधार कार्ड दुवैमा अखिल कुमार दास नै रहेको छ ।