झापा/ झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् ।
शनिबार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादविवाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए ।
खुकरी प्रहारबाट गम्भीर घाईते भएकी बुहारीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।