धरान / काठमाडौंको कीर्तिपुरको जंगलमा काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन् । चौथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

खनाल गत जेठ १७ गतेदेखि हराएको बताइएको छ । अर्घाखाँची घर भएका खनाल कोटेश्वरमा भाइसँग बस्दै आएको परिवारिक श्रोतले जनाएको छ ।
शव नजिकै विषादी र केही औषधि फेला परेको प्रहरीले जनाएको छ। खनालको आमाबुबासहित परिवारका अन्य सदस्यको ०५८ सालमा सडक दुर्घटनामा ज्यान गएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।