काठमाडौं । हतियार देखाएर लुटपाट गर्ने परार अभियुक्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले बौद्धको अत्तरखेलमा गोली हानेर पक्राउ गरेकाे छ ।
महाशाखाका अनुसार तामाङको दाहिने खुट्टामा गोली लागेको छ । हतियार देखाएर लुटपाट गर्ने ५ जनाकाे याे समुहका अन्य ४ जना यस अघिनै पक्राउ परिसकेकाे छ । यो समूहले काठमाण्डाैंका सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा हतियार देखाएर लुटपाट गर्ने गरेकाे जनाएकाे छ ।
घाइते तामाङको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस अघि याे समूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिंङ यसअघि नै पक्राउ परिसकेका छन् ।