देउराली । इलाका प्रहरी कार्यलय धरानले हराएका भनि निवेदन परेका १२ थान मोबाइल धनीलाई फिर्ता गरेको छ ।
मोबाइल हराएको निवेदनका आधारमा इलाका प्रहरी कार्यलय धरानको सक्रियतामा हराएका मोबाइल शुक्रबार सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।
गत असार ३ गतेदेखि ०७६ जेठ २१ गतेसम्म हराएकाे निवेदनका आधारमा प्रहरीले खाेजी थालेकाे थियाे । प्रहरीका अनुसार १३ हजारदेखि ५० हजार मूल्य बराबरका मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
धरान १५ काे मात्रै ७ वटा माेबाइल रहेका छन् भने ५ वटा आफ्नै घरबाट हराएको र चोरी भएको भनि २०७५ साउन १ गते यता परेका दुई सय चार निवेदनहरूमध्ये यसअघि ५५ वटा माेबाइल सम्बन्धित धनीलाइ बुझाइ सकेको र हालको १२ गरी ६७ वटा मोबाइल फिर्ता भइसकेको इलाका प्रहरी कार्यलका डिएसपी ढुण्डीराज न्याैपानेले बताए ।
मोबाइल धनीले दिएको निवेदनको आभारमा खोज्दै जादाँ केहि सर्वजनिक यातायातका साधनहरुमा छोडेको भेटिएको र राखेको ठाउँमा हराउको भनिएकाहरु चेरेर दुई तिन पटक बिक्री भइसकेपछि किनेर कसैले प्रयोग गरेको पाइएकाले प्रयोग कर्तालाई चोर भनेर भन्न नल्निे भएकोले प्रयोग कर्ता मार्फत चोरको खोजी भइरहेको जानकारी दिएका छन् ।
उनले मोबाइलको खोज्ने छुट्टै शाखा नभएकाले सिडिआर सेक्सन (कल डिटेल रेकडिङ्) शाखा खोलेर हराएका मोबाइलहरूलाई छिटो र प्रभावकारी रूपमा सेवा दिने बताए । हराएका माेबाइलबाट अन्य अापराधिक क्रियाकलाप गर्ने भएकाले याे शाखाबाट त्यस्ता गतिविधि नियाल्न पनि थप सहयाेग गर्ने डिएसपी न्याैपानेले जानकारी दिए ।
माेबाइल फिर्ता पाउनेमा धरान–१५ का सन्तोषी राई, आब्दा सदा, रोशना मगर, सरोज श्रेष्ठ, भीम केदेम र सन्तोष तामाङ छन् । त्यस्तै धरान–८ का सुदीप राई, विकास राई छन् । धरान–१८ का बालकुमार रार्य, धरान–१९ का रुद्रकला लिम्बू र धरान–५ का सन्तोष रुचाल छन् । उनीहरूको मोबाइल विभिन्न मितिमा बरामद गरी बुझाएको हो ।