झापा/ झापाको दमक नगरपालिका-१ फागुनन्द चोकबाट बिहिबार साँझ सालकको खपेटा सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरी टोलीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ का ३० बर्षीय सुरज चेम्जोङलाई ३५० ग्राम लोपोन्मुख वन्यजन्तु सालकको खपेटा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चेम्जोङलाई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।