धरान/धरान–१० सैनिक चाेक नजिकै साथी–साथीबीच विवाद हुँदा आफ्नै साथीमाथि छुरा प्रहार भएको छ ।
छुरा प्रहारबाट धरान–१२ का सन्दीप राई घाइते भएका छन् । उनको दायाँ छातीमा गहिरो चोट लागे पनि उनी खतरामुक्त रहेको उपचारमा संलग्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले बताएका छन् । उनीमाथि मङ्गलबार राति करिब साढे ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
छुरा प्रहार गर्ने उनका दुई साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धरान–१२ का जैसन भनिने संगीत राई र बाेबाे भनिने निशान कटुवाल पक्राउ परेका छन् । उनीहरूबीच आपसी विवादपछि निशानले छुरा प्रहार गरेको प्रारम्भिक बयानका क्रममा खुलेको डिएसपी न्यौपानेले जानकारी दिए ।