धरान / लागूऔषधसहित धरान ११ बाट एक युवा पक्राउ परेका छन् ।
बुधबार बिहान १० बजेतिर गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान ११ का कुमार राईलाई पक्राउ गरिएको हो । प्रहरीलाई देख्नेबित्तिकै झोला फालेर भाग्ने प्रयास गरेपछि उनीमाथि चेकजाँच गरिँदा टिडीजेसिक २० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
झोलामा एभिल २० एम्पलु, डाइजेल्याब २० एम्पुल, लुपिजेसिक २० एम्पुल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जनाएको छ ।