धरान । इटहरी–धरान सडक खण्ड अन्तर्गत विश्वकर्मा मन्दिरभन्दा केही मिटर तल रोकिराखेको ट्रकमा पछाडिबाट स्कुटीले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भएकी कविता तुम्बाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति ८ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २६ प ५८१ नम्बरको स्कुटी तेल सकिएर रोकिराखेको ना ५ ख ४२४५ नम्बरको ट्रकमा ठक्कर खाँदा उनी गम्भीर घाइते बनेकी थिइन् ।
उनी बीपी प्रतिष्ठानमै नर्सका रूपमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । स्कुटर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।